७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्याड्रिड र म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७४, बिहीबार ०४:३०

लन्डन । साविक विजेता रियाल म्यड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियालले युभेन्टसमाथि रोमाञ्चक जित निकाल्दै उपाधि यात्रा तय गरेको हो ।
पहिलो खेलमा ३–० ले विजयी भएको रियाल घरेलु मैदानमा भएको दोस्रो खेलमा ३–१ ले हारेपछि समग्रमा ४–३ गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गरेको गोल नै अन्तिम चारमा पुग्न निर्णायक बन्यो ।
यता, बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुगेको छ । घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोश्रो खेलमा सेभियासँग गोलरहित बराबरीमा रोकिए पनि पहिलो खेलमा बनाएको २–१ को अग्रताका कारण बार्यन सेमिफाइनलमा पुगेको हो ।
जर्मन लिगको उपाधि विजेता बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकाले पनि सेभियासँग भने जित हात पार्न सकेन । डिफेन्डर जोयक्विन कोरीले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सिमित भएको थियो ।
बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा धरैपटक पुग्ने दोस्रो टोली हो । रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा १३ पटक पुगेको छ । बार्यन ११ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो ।