१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र ‘रानी महल’

sarusaru
३ बैशाख २०७५, सोमबार ०५:०६

काठमाडौँ। मिस नेपाल २०१७ निकिता चन्दक अब नेपाली चलचित्र क्षेत्रमा पाइला टेक्ने भएकी छन् । उनले चलचित्र ‘रानी महल’ बाट चलचित्र क्षेत्रमा पाइला टेक्न लागेकी हुन् ।

यस चलचित्रका लागि नायिका वर्षा शिवाकोटी फाइनल भएकी थिइन् । तर नायिका शिवाकोटीले बिचमै चलचित्रलाई रिजेक्ट गरेपछि मिस नेपाल चन्दकले आइतबार यस चलचित्रमा साइन गरेकी हुन् ।

निकिताको यो पहिलो डेब्यू चलचित्र हुनेछ । हिमाल न्यौपानेले निर्देशन गर्न लागेको चलचित्रमा निकिता चन्दक, प्रितमराज सेन्चुरी, विनोद सापकोटा, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, बिएस राना, केशव भट्टराई, सुष्मिता बमजन, दिपक क्षेत्री, रश्मि भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, युनिता खत्री लगायतका कलाकारले अभिनय गर्नेछन् ।

चलचित्र स्वस्तिक फिल्म्सको व्यानरमा निर्माण हुनेछ । बिमल भुसालले निर्माण गर्न लागेको यस चलचित्रमा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायाङ्कन, हिमाल केसीको द्वन्द रहनेछ । यस्तै अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।