१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७५, सोमबार ०५:५८

लन्डन । इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । गए राती भएको खेलमा म्यान्चेष्टर युनाइटेड पुछारमा रहेको वेष्टब्रमसँग हारेपछि म्यान्चेष्टर सिटीले पाँच खेल अघिनैै उपाधि जितेको हो ।

ओल्ड ट्राफोर्डमा घरेलु टोलीलाई हराउन जे रोड्रिग्वेजले खेलको ७३ औं मिनेटमा गोल गर्नु भएको थियो । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ । सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो २४ औं उपाधि हो ।

यस्तै, प्रिमियर लिगमा आर्सनल न्यूक्यासल युनाइटेडसँग हारेको छ । न्यूक्यासलको मैदानमा भएको खेलमा १–० को अग्रता कायम राख्न नसक्दा आर्सनल हार्न पुगेको हो । जीतसँगै न्यूक्यासलले तीन अंक जोड्दै तालिकामा ४१ अंक बनाएको छ । आर्सनल भने ५४ अंकसहित छैटौं स्थानमा छ ।