१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नारायणहिटी दरबारको इतिहास

sarusaru
४ बैशाख २०७५, मंगलवार ०४:३९

सरु पौडेल ,काठमाण्डौ -वि.सं. १९४२ कात्तिकमा प्रधानमन्त्री रणेद्विप सिंहको षड्यन्त्रपूर्वक हत्या नारायणहिटी दरबारको दक्षिण लङको कोठामा भएको थियो । हत्यापछि उनको मृत शरीरलाई खड्ग शमसेर,डम्बर शमसेर, भीम शमसेर र सुब्बा बलवान् सिंहले लतार्दै सैनिक जवानहरुलाई देखाउन ल्याएका थिए । शमसेर खलकले गरेको यस हत्याकाण्डपछि वीर शमसेर सत्तामा आए । हत्याकाण्ड मच्चिएको दरबारमा बस्न नचाहेकाले उनले सोही वर्ष सो दरबारलाई जगैदेखि भत्काउन लगाए र सोही स्थानमा अनेक होमादि गरी नयाँ भव्य दरबार निर्माण गरे । तत्कालीन राजा श्री ५ पृथ्वी वीर विक्रम शाह बसोबास गर्ने हनुमानढोका राजदरबार ज्यादै साँघुरो र जीर्णसमेत भएको तथा रोगव्याध, होहल्ला हुने भएकाले पनि तत्कालीन प्धानमन्त्री वीर शमसेरले राजालाई यस नारायणहिटी दरबारमा राखेपछि यो दरबार राजदरबारमा परिणत भयो । बेलायती शैलकिो यस दरबारबाट वि.सं. २००७ साल फागुन ७ गते श्री ५ त्रिभुवनबाट प्रजातन्त्र घोषणा भएको थियो । तत्कालीन राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको परिवार बस्दै आउको राजदरबार राजपरिवारको हत्यापछि देशको अन्तिम राजा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह बस्दै आएका थिए । २०६२÷६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भएपछि यस दरबारलाई संग्रहालयमा परिणत गरिएको हो । पहिले भिआइपिलाई मात्र खुल्ला गरिएको यो संग्रहालय हाल सर्वसाधारणको लागि पनि खुल्ला गरिएको छ ।
हामी यसरी नै नेपालका तत्कालीन अन्य दरबारहरुको पनि ऐतिहासिक कथाहरु श्रृङ्खलाबद्ध रुपमा समेट्ने छौँ । जानकारीको लागि नेपालबृटेन डट कम हेर्दै गर्नुहोला ।