१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेनुका–युवाको पूर्वेली भाकामा जोवन ढल्कियो… (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७५, आईतवार १४:११

काठमाडौं । हिजोआज लोकसंगीतले बजार लिइरहेको छ । नेपाली चलचित्रहरुमा समेत लोक गीतको ‘टेण्ड’ चलेको छ । यसैबेला गायिका मेनुका राई र युवा राईले पूर्वेली लोकभाका समेटेर ‘ढल्कियो जोवन…’ बोलको गीत ल्याएका छन् । पूर्वेली यस लोक गीतलाई निकै रुचाइएको छ ।

थुपै्र लोकप्रिय गीत दिइसकेकी गायिका मेनुकासँग यसै गीतमार्फत युवाको उदय भएको छ । पूर्वेली जुहारी ‘जोवन ढक्कियो’ युवा राईको पहिलो प्रयास हो । तर, उनको स्वरमा मिठास छ ।

प्रियजन राईको शब्द तथा कम्पोज रहेको यस गीतमा पूर्वेली लोक, माटो र संस्कृतिको सुगन्ध पाइन्छ । पूर्वको मेलापात, हाटबजार र घाँस दाउरा गर्दा गाइने गीत एक समय नेपाली संगीत बजारमा खुबै चलेको थियो । अहिले पुनः सबैतिर लोकसंगीत गुञ्जिन थालेको छ । यो नेपाली संगीत बजार र श्रटाका लागि खुसीको कुरा हो ।

‘ढक्कियो जोवन’ बोलको मेनुका र युवाको यस गीतको भिडियोलाई देबेन्द्र राई र देवमान तुम्बाहाम्फेले खिचेका हुन् भने सम्पादन डोलेन्द्र कटवालले गरेका हुन् । भिडियोमा गायिका मेनुका र युवालेले अभिनय गरेका छन् ।