११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली समाज अमेरिकाको नवबर्ष कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम
९ बैशाख २०७५, आईतवार १७:११

नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले गरेको प्रगतिको खुलेर प्रसंशा गर्नुभयो । “नेपाली समाज बहुसांस्कृतिक अमेरिकी समाजको एक अभिन्न अंग हो” प्रमुख अतिथि समेत रहेका कोसग्रोभले भने । कार्यक्रमका विशेष अतिथि नेपाली कन्सुलेट न्यूयोर्कका उपमहाबाणिज्यदुत पुष्प भट्टराइले नेपाली संस्कृतिको संरक्षणमा नेपाली समाज अमेरिकाले खेलेको भूमीका उल्लेखनिय रहेको बताउनु भयो ।


संस्थाका संस्थापक अध्यक्ष गौरिश्वर शर्मालाइ दोसल्ला ओढाइ अभिनन्दन गरिएको कार्यक्रममा स्थानिय सहयोगी हिरणभाइ चपडवालालाइ पनि सम्मान गरिएको थियो । सन् २०१० मा शर्माको अध्यक्षतामा नेपाली समाज अमेरिकाको स्थापना भएको थियो । “प्रवासमा नेपालीपन जिवन्त राखौँ भन्ने उदेश्यले यो संस्थाको स्थापना गरेका हौँ” अभिनन्दन पश्चात शर्माले भने । संस्थाका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्ल्लाहकार एवं पुर्व अध्यक्ष रामचन्द्र रेग्मीले संस्थाका पदाधिकारिहरुको परिचय गराउनु भएको थियो ।


कार्यक्रममा हार्टफोर्ड कन्टिनेन्टल लायन्स क्लवका संस्थापक अध्यक्ष राज श्रेष्ठ, ब्रानफोर्ड सामुदायीक केन्द्रका निर्देशक एलेक्स पोलुजी, कनेक्टिकट नेपाली समाजका हार्टफोर्डका पुर्व अध्यक्ष सन्तोष लम्साल, धनश्याम खड्का लगायतका व्यक्तिहरुले शुभकामना प्रदानगरेका थिए । कार्यक्रमको दोस्रो चरणमा ख्यातिप्राप्त कलाकारहरुले बेजोडको सांगीतिक प्रस्तुति दिएका थिए । बरिष्ठ कलाकार अमृत लामाको संयोजनमा सम्पन्न सांस्कृतिक कार्यक्रममा पविता परियार, जगदिश समाल, धरमविर लामा र स्थानिय कलाकारहरुले गीतसंगित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा १२ कक्षा उतिर्ण विद्यार्थीलाइ प्रोत्साहनका लागी दिदै आएको १ सय पचास डलर र प्रमाणपत्र वितरण गरिएको थियो । अन्जु ठाकुरले स्वागत गर्नुभएको कार्यक्रम दिलिपप्रताप राणा र विजय अधिकारिले संचालन गर्नुभएको थियो ।