४ बैशाख २०८१, मंगलवार
Follow Us

मिर्गौला रोगी कलाकार रानालाई सहयोग

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार ०५:३५

काठमाडौं । दीपशिखा फाउन्डेसनका अध्यक्ष दीपशिखा खड्काले मिर्गौला रोगी कलाकार लक्ष्मी रानालाई सोमबार रु तीनलाख आर्थिक सहयोग गर्नुभएको छ । समाजमा केही गरौँ भन्ने उदेश्यका साथ फाउन्डेसन स्थापना गर्नुभएकी खड्काले व्यक्तिगतरुपमा उक्त रकम सहयोग गर्नुभएको हो । उहाँले यसअघि फाउन्डेसनका तर्फबाट रु ५५ हजार सहयोग गरिसक्नुभएको छ ।

चलचित्र ‘मनकामना’, ‘एकसाथ’, ‘मलाई माफ गरिदेउ’लगायतका चलचित्रमा अभिनय गर्नुभएकी राना केही वर्षदेखि दुवै मिर्गौलाले काम नगर्ने भएपछि उपचार गराइरहनुभएको छ ।

आठवर्षदेखि मिर्गाैलाको रोगले थलिनुभएकी राना अहिले जीवनमरणको अवस्थामा भएपछि उहाँको उपचारका लागि आर्थिक सङ्कलन गर्न थालिएको हो ।