१३ बैशाख २०८१, बिहीबार
Follow Us

गजल (छन्द :-भुजङ्गप्रयात)

sarusaru
१३ बैशाख २०७५, बिहीबार ०३:१८

जुधाएर आँखा गलायौ तिमीले
नबोली नबोली ढलायौ तिमीले

लगेछौ दिलै यो सुटुक्कै नसोधी
थियो जादु के त्यो चलायौ तीमीले

म पर्खी बसेकी थिएँ मूल बाटो
गयौ मार्ग भिन्नै छलायौ तिमीले

दुखेको छ छाती टुटेको छ आशा
खरानी बनाई जलायौ तिमीले

सधैं साथ हामी हुने भन्दथ्यौ त
भयो के र ऐले थलायौ तिमीले
भवानी तिमिल्सिना न्यौपाने
मकवानपुर