७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस बैठक आज बस्ने

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार ०५:३६

काठमाडौं । कांग्रेस केन्द्रिय कार्यसमितीको जारी बैठक आज पनि बस्ने भएको छ । आज बिहान सुरु हुने भनिएको बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि छलफल भई पारित हुने बताइएको छ ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्नुहुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेपाली काँग्रेसले पार्टीका महत्वपूर्ण निर्णय लिन हिजो पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यका अनौपचारिक बैठक बसेको छ ।

हिजो भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो ।