१२ बैशाख २०८१, बुधबार
Follow Us

अरुण तेस्रोको कार्यालयमा मध्येरातमा बम विस्फोट

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार ०५:५९

काठमाडौं । अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी–९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक वेदप्रसाद गौतमका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।