११ बैशाख २०८१, मंगलवार
Follow Us

चट्याङले दुईवटा रेडियोमा क्षति

sarusaru
१८ बैशाख २०७५, मंगलवार ०२:४१

दाङ- असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ ।

गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको हो । क्षतिसँगै रेडियोको प्रशारण बन्द भएको रेडियो सञ्जीवनीका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारी दिनुभएको छ ।

असिना पानी र चट्याङका कारण रेडियोमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । त्यस्तै, रेडियो तुलसीपुरमा समेत क्षति भएको छ । रेडियोमा रहेको करीव रु नौ लाख मूल्य बराबरको सोलार प्यानल पूर्णरुपमा क्षति भएको छ भने रेडियोको टावर बांगिनुका साथै टावरको पिल्लरसमेत हावाले उप्काएको छ । टावरमा जडित एन्टेनासहितका सामग्रीमा क्षति पुगेपछि रेडियो पूर्णरुपमा बन्द भएको हो ।

टावर मर्मतका लागि काठमाडौँबाट प्राविधिक टोली हिँडिसकेकाले टावर फुकालेर नयाँ टावर जडान गरेलगत्तै प्रशारण सुचारु गरिने रेडियो सञ्चालक समितिका अध्यक्ष दीपु गिरीले जानकारी दिनुभएको छ ।
रासस