१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सेतो दरबार , एक जानकारी

sarusaru
१९ बैशाख २०७५, बुधबार ०४:२८

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमसेरले प्रति रोपनी रु. ६० का दरले ३७५ रोपनी जग्गा खरिद गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार इटालियन मार्वलको टेवल , बेल्जियमका ऐनाहरु बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका ८ वटा सेता स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरु भारतको सोनपुरसम्म रेलद्वारा र सोनपुरबाट भीमफेदीसम्म गाडा ,बग्गी, हात्ति र त्यहाँबाट भरियाद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए । वि.सं. १९९० मा आगलागी भएर ध्वस्त भएको यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरु पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । आगलागीपछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आई.डी.सी. विकास बैंकको कार्यालय रहेको छ ।