१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्सन युरोपा लिगको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७५, शुक्रबार ०५:३४

लन्डन । आर्सनललाई हराउँदै एथ्लेटिको मड्रिड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा एथ्लेटिको मड्रिडले आर्सनललाई एक शून्यले हराउँदै समग्रमा दुई एकको अग्रताका साथ फाइनलमा प्रवेश गरेको हो ।

पुरै ९० मिनेटमा आर्सनलले आक्रामक खेल खेलेपछि गोल गर्न सकेन । घरेलु दर्शकमाझ एथ्लेटिको मड्रिडले पहिलो हाफको इन्जुरी समयमा दोस्रो मिनेटमा अग्रता बनायो । एन्टोनी ग्रिजमनको पासमा डिएगो कोष्टाले उत्कृष्ट फिनिस गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा खेलमा फर्कने धेरै मौका पाए पनि सफल भएन ।

सन् २०१६ को च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भएपछि एथ्लेटिको पहिलो पटक युरोपियन फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । प्रशिक्षक विङगरले युरोपियन खेलमा सफलता हात पार्न सकेनन् । प्रिमियर लिगमा राम्रो प्रदर्शन निकाल्न नसकेपछि प्रशिक्षकका रुपमा उनको ठूलो आलोचना भएको थियो । जसका कारण उनले इमिरेट्स छोड्ने निर्णयमा पुगेका थिए ।