७ बैशाख २०८१, शुक्रबार
Follow Us

आईपीएलमा डेब्यु गर्दै सन्दिप लामिछाने

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७५, शनिबार १६:१९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडी सन्दिप लामिछानेले डेब्यु गरेका छन् । उनलाई दिल्ली डेभियर्सले २० लाख रुपैयाँमा किनेको थियो । दिल्लीले प्लेअप अर्थात शीर्ष चार टोलीमा पुग्ने सम्भावना गुमाइसकेको छ । उसले अब ३ खेल खेल्न बाँकी रहेको अवस्थामा सन्दिपलाई टोलीमा समावेश गरेको हो । उनी रोयल च्यालेन्जर बंगलोर (आरसीबी) विरुद्धको खेलमा प्लेइ सेटमा रहेका छन् । आरसीबी भारतीय टोलीका नियमित कप्तान विराट कोहलीले नेतृत्व गरेको टोली हो । पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सके सन्दिपले बाँकी खेलमा पनि स्थान बनाउने पक्का छ ।
टस जितेर फिल्डिङ रोजेको आरसीबीविरुद्ध ब्याटिङ गरेको दिल्लीले सुरुमै आफ्नो ओपनर ब्याट्सम्यान गुमाएको थियो । यो समाचार तयार पार्दासम्म इनिङ सम्हाल्न आएका कप्तान श्रीयर्स ऐरलाई रिषभ पन्तले साथ दिइरहेका छन् ।