१३ बैशाख २०८१, बिहीबार
Follow Us

नृपेश उप्रेतीको मन मुटु नदुख्ने के छ औषधी सार्वजनिक (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७३, शुक्रबार १३:२१

पहिलो पटक चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गवाएर चर्चामा आएका गीतकार नृपेश उप्रेतीको नयाँ गजल “मन मुटु नदुख्ने के छ औषधी ?” सार्वजनिक भएको छ।
नबोदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका हुन। यसअघि “जति धेरै” बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ। पुर्व झापालाई कर्मभुमी बनाएर संगीतमा होमिएका गायक घिमिरे पुर्वाञ्चलमा निकै चर्चित पनि छन। उनले झापामानै संगीतकार कृष्ण योञ्जन बाट संगीतको प्रशिक्षण लिएका हुन र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन्।
गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक गायिकाहरुले गाएका छन। यो पाली किन नयाँ गायक त भन्दा उनी यसो भन्छन ” आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ” बोलको गजलको सफलता पछि विशाल भाइले एउटा गजल लेखिदिन अनुरोध गरे र उहाँको आवाज सुन्दा राम्रो संभावना बोकेको गायकको रुपमा पाए पछि उनीसंग काम गरेको हुँ। गायक घिमिरेसंग निकै प्रभावित गीतकार उप्रेती उनले यो गजललाई पुर्ण न्याय गरेको बताउँछन्। बिगत लामो समय देखि बेलायतमा बसोबास गर्दै आएको गीतकार उप्रेती कुनै समय नेपालमा सक्रिय पत्रकारिता गर्दथे। उनको गत साल नौ वटा गीत गजलहरुको संग्रह आहान अर्को खुशी सार्वजनिक गरेका थिए।
बुढा सुब्बा म्युजिक कम्पनीले आफ्नो युट्युब च्यानल मार्फत”के छ औषधी” बोलको यो गजलको भिडियो सार्वजनिक गरेको हो।