March 23, 2023
8:45 PM | 2:30 AM
?>
खेल

कोलकाताले राजस्थानलाई ६ विकेटले हरायो

  16/05/2018 मा प्रकाशित

कोलकाता । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा हिजो राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ भने चौथो स्थानको राजस्थानको १२ अंक छ । पाँचौं स्थानको किङ्स ११ पञ्जाबको पनि १२ अंक छ ।

मध्यम लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि कप्तान दीनेश कार्तिकले अविजित ४१ रन जोडे । त्यसअघि ओपनर क्रिस लेनले टोलीका लागि सर्वा्धिक ४५ रनको योगदान गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
राहुल त्रिपाठी र जोस बट्लरले पहिलो विकेटका लागि ६३ साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि त्यसपछिका ब्याट्सम्यानले इनिङ सम्हाल्न सकेनन् । आइपिएलमा बुधबार मुम्बई इन्डियन्स र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया