७ बैशाख २०८१, शुक्रबार
Follow Us

बुद्धले भारतको भूमिबाट विश्वमा शान्ति फैलाए : भारतीय प्रम मोदी

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार १४:४६

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वुद्धको भूमि भएको दावी पुनः दोहो-याएका छन् । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भारत र भियतनामलाई बुद्ध र बुद्धत्वले जोडेको वताउदै बुद्धको धर्तीको रुपमा भारत भियतनामी नागरिकको स्वागत गर्न सदैव तयार रहेको बताएका छन् ।
शनिबार भारतीय प्रधानमन्त्री मोदीले भियतनामको राजधानी हनोईमा आयोजित बुद्ध धर्मावलम्बीहरुको कार्यक्रमलाई समबोधन गर्दै भारत वुद्धको भूमि भएको आफ्नो पुरानो भनाई दोहो¥याएका हुन । भारत भ्रमण गर्ने जोकोहीको पनि अनुहारमा शान्तिको चमक हुने उल्लेख गदैै बुद्धले भारतको भूमिबाट विश्वलाई दिएको शान्तिको सन्देश जुगौसम्म अमूल्य रहने बताए ।
भारतीय प्रधानमन्त्री मोदीले बुद्धत्वको प्रचार प्रसारमा भारत निरन्तर समर्पित रहने उल्लेख गर्दै युद्धको जर्जरबाट भियतनामलाई शान्तिको बाटोमा फर्कन बुद्धबादको महत्वपूर्ण भूमिका रहेको बताए । भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो नेपाल भ्रमणमा तत्कालीन संविधान सभाको वैठकलाई सम्बोधन गर्दै मोदीले बुद्धको जन्मभूमि नेपाल भएको सगर्व घोषणा गरेका थिए । तर त्यसपछि जर्मनी, बेलायत र राष्ट्रसंघ लगायतको भ्रमणमा भने मोदीले बुद्ध भारतमा नै जन्मिएको भाषण गर्दै हिड्ने गरेका छन् ।