१५ चैत्र २०८०, बिहीबार
Follow Us

गौहत्याको आरोपमा तीन जनालाई मुद्दा दर्ता

sarusaru
९ जेष्ठ २०७५, बुधबार ०३:५९

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका-२ चिर्केथुम्कामा गाई काट्ने तीनजनालाई प्रहरीले पक्राउ गरी मंगलबार मुद्दा दर्ता गरेको छ।

वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका-३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपालीलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको हो।

स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार मुलुकी ऐन-२०२० को गौवध महल अनुसार १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ।
डिसी नेपाल