१५ चैत्र २०८०, बिहीबार
Follow Us

२८ सहसचिवको सरुवा तथा पदस्थापना

sarusaru
१० जेष्ठ २०७५, बिहीबार १३:१४

काठमाण्डौ -सरकारले १६ सहसचिवको सरुवा तथा १२ जनाको पदस्थापना गरेको छ।

अधिकांश सहसचिवलाई स्थानीय सरकारमा पठाइएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्वर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ भने सहसचिव चक्रपाणि पाण्डे दाङ घोराही उपनपा कार्यालय पुगेका छन्।

मन्त्रालयकै सुमन घिमिरे धरान उपनपा कार्यालय सुनसरी, तोयनारायण सुवेदी नेपालगञ्ज उपनपा कार्यालय, शिवकुमार कार्की सिमरा उपनपा कार्यालय बारा तथा छविलाल रिजाल इटहरी उपनपा कार्यालय सरुवा भए।

ज्ञानराज सुवेदीलाई प्रदेश १ को सामान्य विकास मन्त्रालय पठाइएको छ भने पुष्पराज शाहीलाई हेटौंडा उपनपा कार्यालय, उमेश ढुंगानालाई जनकपुर उपनपा कार्यालय, हुमकला पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भिष्मकुमार भुसाललाई विरगंज महानगरपालिका पर्सा पठाइएको हो।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोपिकृष्ण खनाललाई प्राकृतिक स्रोत तथा वृत्त आयोग, राष्ट्रिय योजना आयोगका तुलसी प्रसाद गौतमलाई सामान्य प्रशासन मन्त्रालय सरुवा गरिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी जानकी वल्लभलाई लोक सेवा आयोग, संघीय मामिला अतिरिक्त समूहका भुपाल बराललाई सामान्य प्रशासन मन्त्रालय नै राखिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने संघीयका सनत केसीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पठाइएको छ। संघीयकै आनन्दराम केसीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ।

साथै, संघीय मामिला अतिरिक्त समूहकी नीता पोखरेल अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पठाइएको छ भने संघीयका शिवराम न्यौपानेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रुपनारायण भट्टराईलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शंकर अर्याललाई संघीय मामिलाको अतिरिक्त समूहमा खटाइएको हो भने उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णालीका विद्यानाथ झालाई मुख्यमन्त्री कार्यालय कर्णाली प्रदेशमा खटाइएको हो।

वन तथा वातावरण मन्त्रालयका धिरेन्द्रकुमार प्रधानलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुर्खेत खटाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी आभा श्रेष्ठलाई संघीय मामिलाको अतिरिक्त समूहमा खटाइएको हो। सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगरका बासुदेव शर्मालाई सोही प्रदेशको मुख्य मन्त्रीको कार्याल खटाइएको हो।

संघीय मामिलाका रामकृष्ण सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।