११ बैशाख २०८१, मंगलवार
Follow Us

क्याफेमा बम हानेर चारको हत्या

sarusaru
११ जेष्ठ २०७५, शुक्रबार ०२:४३

बग्दाद । इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन्।

यस आत्मघाती बम आक्रमणमा परी अरु पनि कैयौँ व्यक्तिलाई घाइते बनाइएको छ।

मुस्लिम राष्ट्रहरुमा हाल रमाजान व्रतको महिना चलिरहेको छ। एक महिनासम्म चल्ने यस व्रतका क्रममा पनि प्रायः दैनिकजसो हत्या हिंसा रोकिएको छैन।

यस हमलामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।

मारिनेमा एकजना सुरक्षा अधिकारी पनि परेका उक्त विज्ञप्तिमा जनाइएको छ।

इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्यगरी सो हमला भएको हो।
डिसी नेपाल