१३ बैशाख २०८१, बिहीबार
Follow Us

पशुपतिमा यसपटकको तीज व्यवस्थित (फोटो फिचरसहित)

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार १३:५३

काठमाडौं । हारितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा आज लागेको मेला विगत २७ वर्षमा नै सबैभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मेला व्यवस्थित भएका कारण २७ वर्ष अघिदेखि बन्द हुँदै आएको चावहिल–गौशाला–पुरानो बानेश्वर र रातोपुल सडकमा यस वर्ष दिनभर सवारी साधन जाम भएन । दिउँसो केहीबेर सवारी रोकिए पनि दिनभर पैदल यात्रा गर्नुनपरेको यात्रुको भनाई छ ।

दर्शन एवम् पूजाका लागि आएका महिलाहरु पनि यस वर्ष पशुपतिमा व्यवस्थित भएकाले छिटो दर्शन गरेर फर्कन पाएको बताउँछन् । कौशलटारबाट आउनुभएकी रश्मी पौडेल यस वर्ष पशुपतिमा पहिलेभन्दा लाइनमा राम्रो व्यवस्था भएकोले छिटो दर्शन गरेर फर्कन पाइएको बताउनुहुन्छ ।

विगत वर्षमा सशुल्क दर्शनका लागि कोषले रु एक हजारमा पास वितरण गर्दा लाइनमा बस्नेले दर्शन गर्न लामो समय कुर्नुपर्ने बाध्यता थियो । यस वर्ष कोषले सशुल्क पासको व्यवस्था खारेज गरेपछि छिटो दर्शन गर्न पाइएको दर्शनार्थीको अनुभव छ । यस वर्ष स्वयम्सेवक पनि हटाउँदा व्रतालु महिला बाहेकको भीड कम भएकाले छिटो दर्शन गर्न पाइएको दर्शनार्थीले बताएका छन् ।

कोष स्थापना भएदेखि अहिलेसम्मको व्यवस्थापनमा यस वर्ष राम्रो भएकाले यसलाई शिक्षाका रुपमा लिई भक्तजनले औँल्याएका कमीकमजोरीलाई अर्को वर्षदेखि सुधार्ने प्रतिबद्धता कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले जनाउनुभयो ।

अर्की दर्शनार्थी कमला रिसाल भने आस्थाका साथ पशुपतिमा आएर पूजा सामग्री पशुपतिनाथमा चढाउन खोज्दा पनि सामग्री थुन्सेमा हालिएको गुनासो गर्नुहुन्छ । भक्तजनले यसमा सुधार गरिनुपर्ने माग गर्दै आएका छन् ।

रातो पहिरनमा सजिएका महिला पशुपति दर्शनपछि परिसरमा नाचगान गरी रमाइलो गरिरहेका छन् । यस वर्ष नौ लाख ब्रतालुले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी ६ः३० बजे र प्रधान न्यायाधीश सुशीला कार्कीले ७ः०० बजे दर्शन गर्ने कार्यक्रम रहेको सदस्य सचिव टण्डनले जानकारी दिनुभयो ।

तीजका अवसरमा आज देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । अविवाहित महिलाले सुयोग्य वर प्राप्ति र विवाहित महिलाले परिवारको सुख शान्तिको कामना गर्दै भाद्र शुक्ल तृतीयाका दिन सक्नेले निराहार, नसक्नेले जलाहार वा फलाहार गरी व्रत बस्ने गर्दछन् ।

kz'kltdf dlxnf bz{gfyL{ xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz'kltgfy dlGb/df bz{g ug{ uPsf j|tfn' dlxnf gfrufg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
kz’kltdf dlxnf bz{gfyL{
xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz’kltgfy dlGb/df bz{g ug{ uPsf j|tfn’ dlxnf gfrufg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

kz'kltdf dlxnf bz{gfyL{ xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz'kltgfy dlGb/df bz{g ug{ uPsf j|tfn' dlxnf gfrufg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
kz’kltdf dlxnf bz{gfyL{
xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz’kltgfy dlGb/df bz{g ug{ uPsf j|tfn’ dlxnf gfrufg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

kz'kltdf dlxnf bz{gfyL{ xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz'kltgfy dlGb/df bz{g ub}{ j|tfn' dlxnfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;
kz’kltdf dlxnf bz{gfyL{
xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz’kltgfy dlGb/df bz{g ub}{ j|tfn’ dlxnfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;