७ बैशाख २०८१, शुक्रबार
Follow Us

मलिना ‘मिस नेपाल यूएस’ को प्रशिक्षकमा नियुक्त

sarusaru
२४ जेष्ठ २०७५, बिहीबार ०५:१९

काठमाण्डौ – असार ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कारण खबरमा रहेकी अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी अमेरिकाको टेक्सस राज्यमा हुने ‘छैठौँ मिस नेपाल यूएस २०१८’ को आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी छिन् ।

टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ मा हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् । सन् २०१४ मा पनि ‘मिस नेपाल यूएस’ को आधिकारिक प्रशिक्षक बनिसकेकी उनलाई दोश्रो पटक पुनः आयोजक संस्थाले नियुक्त गरेको हो ।

‘मिस नेपाल यूएस २०१८’ का बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै, यस प्रतियोगितामा नेपाली मूलका १८ देखि २९ बर्षका युवतीहरुले मात्र सहभागी हुने पाउने व्यवस्था छ । प्रतियोगिताका लागि जुन २३ तारिखसम्म दरखास्त दिने अन्तिम म्याद छ ।