१६ चैत्र २०८०, शुक्रबार
Follow Us

द्वन्द्वकालिन हत्यामा संलग्नहरुलाई छाड्न हुँदैन : देउवा

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार १५:४९

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालिन हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ‘प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहेका जोन्छेंमाथि द्वन्द्वका नाममा घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध भएको भन्दै अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनु नहुने उल्लेख गरे ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजानुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो ।

जोन्छेंलाई तत्कालिन नेकपा माओवादीले २०५९ भाद्र १६ गते आफ्नै निबास भक्तपुरमा गोली हानी गम्भिर घाइते बनाएको थियो । गोली प्रहारपछि थला परेका जोन्छेंको दश वर्ष पछि २०६९ जेठ २४ गते निधन भएको थियो ।