१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारी कार्यालयमा विचौलियाको बिगबिगी ;सेवाग्राही दिक्क

sarusaru
२८ जेष्ठ २०७५, सोमबार ०३:०२

सरु पौडेल ,काठमाण्डौ– काठमाण्डौमा रहेका विभिन्न सरकारी कार्यालयहरुको चोक चोकमा विचौलियाहरु बसेर सेवाग्राहीलाई दुःख दिने गर्दछन् ।
कार्यालयमा काम गर्न आएको होस् वा बाटो हिँड्दै गरेको बटुवा होस् ती विचौलियाहरुले तँछाड मछाड गरी हातै तान्न भ्याँउँछन् ।
बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालय , सोल्टीमोडमा रहेको श्रम कार्यालय, यातायात कार्यालयहरुमा अरुभन्दा बढी विचौलियाहरु रहेका पाइन्छन् । हामी तपाईँको सबै काम गरिदिन्छौँ , भित्र हाम्रो सेटिङ्ग छ , एकै छिनमा सबै काम भइहाल्छ भन्नेजस्ता कुराहरु गरेर विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गर्दछन् । अझ कति त सेवाग्राहकिो काम गरिदिन्छौँ भनेर पैसा असुलेर भाग्ने पनि गर्छन् ।
जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउनको लागि आएका एकजना सेवाग्राहीले भने – ‘ बाटोमा आउँदा नै यता हुन्छ हजुर ,सबै काम हामी गरिदिन्छौँ , तपाइँले केही गर्नै पर्दैन भन्दै हातमा नै तान्यो ,अनि म रिसाएर आउँदा पनि पछिपछि आएको थियो पुलिस बोलाउँ भनेपछि बल्ल फर्केर गयो । ’
यस्ता विचौलियाहरु कैयौँ पटक प्रहरीको निगरानीमा नपरेका पनि होइनन् तर त्यो त तिनीहरुलाई दुध र भात खाएजस्तै हो ।
हामीले प्रस्तुत गरेका कार्यालयहरु त प्रतिनिधि मात्र हुन् यस्ता कैयौँ सरकारी कार्यालयहरुमा सयौँको सङ्ख्यामा विचौलियाहरु छन् र ती विचौलियाहरु सेवाग्राहीलाई दुःख दिई रकम असुल्ने गर्दछन् ।