७ बैशाख २०८१, शुक्रबार
Follow Us

छरपष्ट तारले मृत्युको भय

sarusaru
२८ जेष्ठ २०७५, सोमबार ०३:३५

सरु पौडेल , काठमाण्डौ – हामी कैयौँ ठाउँमा विजुलीको भुइँमा लत्रेको तारमा करेन्ट लागेर मृत्यु भएको खबर पाउँछौँ । काठमाण्डौको विभिन्न ठाउँहरुमा विजुली ,केबल तथा टेलिफोनका यस्ता नाङ्गा तारहरु एकै ठाउँमा भद्रगोल तरिकाले मान्छे बाटोमा हिँड्दा तर्साउने गरी गन्जागोल तरिकाले जेलिएका छन् । राज्यको केन्द्र मानिएको राजधानीमा त तारहरु यस्तो हालतमा छन् भने अरु ठाउँको हालत के होला ?
यसरी तारहरुले मनिसको टाउको छुनेसम्म त स्वभाविक नै भइसक्यो तर घाँटीमै रेटिन पनि आउँछन् यी तारहरु । विद्युतीय शक्ति जस्तो संवेदनशील कुरामा पनि सरकार तथा सरोकारवाला निकाय यतिसम्म चरम लापारबाही गर्छ भने अरु कुराको के वास्ता होस् ।
यस्ता कुरामा न राज्य सरकारको ध्यान छ न सरोकारवाला निकायको नै । हामीले यो रिपोर्ट सिंहदरबार अगाडि रहेको विजुली , टेलिफोन ,नेट तथा केबलका एकै ठाउँमा जेलिएको तारको तयार पारेका हौँ । राजधानीको नै केन्द्र रहेको सिंहदरबारको नजिक त तारहरु यतिसम्म छरपष्ट छन् भने अन्त कस्तो हालत होला ?
विजुलीको तारबाट करेन्ट लागेर मृत्य भएका कैयौँ खबर सुनिरहँदा यसरी तारहरु छरपष्ट भएको देख्दा मृत्युको भय किन नहोस् । यहाँका वासिन्दाले पटक पटक विद्युत प्राधिकरणलाई भन्दा पनि वास्ता नै नगरेको गुनासो गर्दछन् । हनुमानस्थान अगाडि व्यवसाय गरेर बस्ने व्यवसायी ( राजु थापा, दयाानीधि खनाल, प्रकाश खनाल ,भोजराज पाण्डे ,दिपक शर्मा)ले भने –‘ यी तारहरु यस्तो छरपष्ट भएको वर्षौँ भइसक्यो ,हामीले विजुलीको अरु काम गर्न आउँदा तथा केबलको ,टेलिफोनको जुनसुकै निकायका कर्मचारीहरुलाई पनि भन्यौँ तर उनीहरुले वास्ता नै गरेनन् , बाटोमा हिँड्दा पनि करेन्ट लाग्छ कि भनेर डराई –डराई हिँड्नुपर्ने अवस्था छ ।’
राज्य सरकारको यस्तो चरम लापारबाहकिो कारणले मानिसहरुले अकालमै अमूल्य जीवन गुमाउनुपरेको छ ।