८ बैशाख २०८१, शनिबार
Follow Us

अस्ताए कलाकारका पिता

sarusaru
३० जेष्ठ २०७५, बुधबार ०४:४१

काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार जितु नेपालले लेखेका छन्, ‘बरिष्ठ कलाकार भीम बहादुर बुवा हामीबीच रहनुभएन । बुवाको आत्माको चीर शान्ती कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ त्यस्तै दीपाश्री निरौलाले ‘यति धेरै माया गर्ने बुवाले छोडेर जाँदा म कसरी अलविदा भनौँ भगवान् भनेर स्टाटस राखेकी छिन् ।’