१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, चीन भ्रमणबारे जानकारी गराइने

नेपालब्रिटेन संवाददाता
४ असार २०७५, सोमबार ०५:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउनु हुने भएको छ । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनु हुनेछ । प्रधानमन्त्री ओली भोलि प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहनेछन् ।

ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउनु हुने बताइएको छ । चीनसँग ऊर्जा, कृषि, रेलवे लगायतका क्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा हिजो मात्रै पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श पनि गर्नु भएको थियो ।