१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज इग्ल्यान्डको टिमले के गर्ला ?

नेपालब्रिटेन संवाददाता
२३ असार २०७५, शनिबार ०६:२७

मस्को । रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन । विश्वकपको सेमिफाइनल प्रवेशका लागि पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । स्विडेन र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार ७:४५ मा समारा रंगशालामा हुनेछ । प्रि क्वाटरफाइनलमा स्विडेनले स्विजरल्याण्ड तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएर अन्तिम आठको यात्रा पक्का गरेका हुन् ।

विश्वकप अन्तर्गत आज नै हुने अन्तिम क्वाटरफाइनलमा आयोजक रुस र क्रोएसियाले प्रतिस्पर्धा गर्ने छन् । रुस र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राती ११:४५ बजे फिष्ट ओलम्पिक स्टेडियममा हुनेछ । प्रतियोगिताको अन्तिम १६ मा आयोजक रुसले स्पेनलाई हराउदै क्वाटरफाइनल यात्रा तय गरेको हो । यस्तै क्रोएसियाले डेनमार्कलाई हराएर रुससंगको भेट पक्का गरेको हो ।

स्वीडेन भर्सेस ईल्याण्ड
स्वीडेन समुह एफको विजेता बन्दा उसले प्रिक्वाटरफाईनलमा स्वीजरल्याण्डलाई एक शुन्यले हरायो । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको स्वीडेनसग गतिलो ईतिहास नभए पनि स्वीडेनलाई भाग्यले पनि साथ दिएको छ यो पटक । स्वीडेनका लागि एगुस्टोसन, ग्राण्डभिस्ट, एल्भारेजको टिम छ । तर अव उसका लागि विश्वकपमा ईल्याण्डको चुनौती पन्छाउनु निकै असामान्य हुनेछ किनभने ईल्याण्ड लामो समय देखि रसिया विश्वकपमा नै लयमा देखिएको छ ।

ईल्याण्डको टिम पनि कमी छैन सेमिफाईनल प्रवेशका लागि जारी विश्वकपको गोल्डेनबुट दावेदार ह्यारी केन छन् इंग्ल्याण्डको टिममा जसले सारा विश्वको ध्यान खिचेका छन् । ह्यारी जारी विश्वकपमा सवैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनको नाममा ६ गोल छ । त्यसैगरी जेसे लिङगार्ड, जेमी भर्डी, रहिम स्र्टलिङ, ढेले अलीलयागत बलिया खेलाडीहरु छन् । प्रायः इंग्लिस क्लवका खेलाडीहरुले भरिएको टोलीमा धेरै विकल्प र उपाय मिलेको छ । समुह चरणमा ६ अंक सहित समुह जी को उपविजेता बनेको इंग्ल्याण्डले क्वाटरफाइनलको निम्ति कोलम्बियालाई हरायो । यस अघि इंग्ल्याण्ड र स्वीडेन पछिल्लो समय २०१२ को युरोकपमा भेट भएको थियो । जहाँ ईल्याण्डले तीन दुईले नतिजा आफ्नो पक्षमा पारेको थियो ।