१५ चैत्र २०८०, बिहीबार
Follow Us

विश्वकप फुटबल : सेमिफाइनल समीकरण पूरा

नेपालब्रिटेन संवाददाता
२४ असार २०७५, आईतवार ०५:०७

मस्को । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आयोजक रुस पेनाल्टी सुटआउटमा ४–३ ले हारेर क्रोएसिया सेमिफाइनलमा पुगेसंगै समीकरण पूरा भएको हो ।

सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंगल्याण्ड र क्रोएसिया भिड्ने भएका छन् । पहिलो सेमिफाइनल पर्सि राति पौने १२ बजे हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार हुनेछ । क्वार्टरफाइनलमा फ्रान्सले युरुग्वेलाई तथा बेल्जियमले ब्रजिललाई हराएको थियो । त्यसैगरी इंगल्याण्डले स्वीडेनमलाई हराएको थियो ।

यो समीकरणले २१औं शताब्दीको नयाँ विजेता पाउने छ । पूर्व विजेताहरु दुई टोली मात्रै अहिले सेमिफाइनलमा छन् । इंगल्याण्डले सन् १९६६ र फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो ।