१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदमा सम्वोधन गर्ने

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७३, बिहीबार ०५:३९

काठमाडौं । पछिल्लो राजनीतिक अवस्था, पुननिर्माणमा भएको प्रगति र आसन्न भारत भ्रमणबारे जानकारी गराउने । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै हुनुहन्छ । गत साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले पहिलो पटक संसदलाई सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल दोस्रो पटक संसद बैठकमा उपस्थित हुन लाग्नु भएको हो ।
बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक अवस्था, भुकम्पपछिको पुनर्निर्माण तथा पीडितलाई राहत वितरणमा भएको पछिल्लो प्रगति, आफ्नो आसन्न भारत भ्रमण लगायत बिषयमा जानकारी गराउने उहाँको नीजि सचिवालयले जनाएको छ । यस्तै बैठकमा आज बिभिन्न विधेयकहरु समेत प्रस्तुत हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । बैठकले भन्सार कार्यविधिहरुको सरलीकरण तथा सामान्यकरण अन्तराष्ट्रिय महासन्धिलाई अनुमोदन गर्ने कार्यसूचि छ । यस्तै सवारी तथा यातायात ब्यवास्ता दोस्रो सम्सोधन विधेयक, भूमिगत जलस्रोत बिधेयक, बैंकिक कसुर सम्बन्धि विधेयक, बिधायन समितिको प्रतिवेदनमाथि छलफल तथा न्याय सेवा आयोग विधेयक, न्याय प्रसासन विधेयक, न्याय परिषद् विधेयक पनि प्रस्तुत हुने कार्यतालिका रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।