७ बैशाख २०८१, शुक्रबार
Follow Us

उता गोल हान्दा गृहिणीलाई ज्यान बचाउन मुस्किल

नेपालब्रिटेन संवाददाता
३० असार २०७५, शनिबार १३:४३

यो साता मस्को विश्वकप फुटबलको समापन हुँदैछ । उपाधि जसले जिते पनि सुन्दर र उत्कृष्ट खेलको प्रशंसा सबैले गर्छन् । विश्वको ध्यान खिच्ने यो फुटबल प्रतियोगिताको नकरात्मक पक्षबारे थोरैले मात्र चर्चा गर्छन् । यो विश्वकप फुटबल सुरु भएपछि धेरै महिलाले लात्ती मुङ्ग्री र थप्पड खानुपर्छ । घरेलु हिंसाले पीडित भएर आँशु बगाउनु पर्छ ।

यसको प्रमाण विश्वकप सुरु हुनुभन्दा अघि नै भाइरल भएको तथ्यांक हो । फुटबल उपाधि जितेर जति रमाउनुपर्ने हो, विश्वकप फुटबलका बेला महिलाविरुद्ध हुने घरेलु हिंसाको त्योभन्दा डरलाग्दो तथ्यांक छ । यो तथ्यांक घरेलु हिंसासम्बन्धी काम गर्ने संस्था पाथवे प्रोजेक्टको एउटा जागरुकता अभियानको हिस्सा हो ।

बेलायतको लेकेस्टर युनिभसिटीले पनि सन् २०१३ मा यो विषयमा अनुसन्धान गरेको थियो । त्यसबेला पनि विश्वकप फुटबलका बेला गृहिणीविरुद्ध घरेलु हिंसा हुने तथ्यांक बाहिर ल्याइएको थियो । सन् २००२, २००६ र २०१० को विश्वकपका बेला गरिएको अनुसन्धानले यी कुरा छर्लङ हुन्छ ।
अनुसन्धानबाट प्राप्त नतिजाअनुसार यदि इग्ल्यान्ड टिम खेलमा पराजित भयो भने प्रहरी र महिलाविरुद्ध हुने हिंसा ३३ प्रतिशतले वृद्धि भएको छ । यदि इग्ल्यान्डले खेल जित्यो भने यस्तो हिंसा २६ प्रतिशत मात्र हुने गर्दछ । तथ्यांक हेर्ने हो भने खेल हुनुभन्दा अघिल्लो दिन नै महिलामाथि ११ प्रतिशतले कुटपिट हुने गरेको छ । यो तथ्यांक प्रहरीमा उजुरी गर्नेलाई आधार बनाएर सार्वजनिक गरिएको हो । उजुरी नदिनेको संख्या पनि त्यत्तिकै रहेको अनुमान गरिन्छ ।

पाथवे प्रोजेक्टका लागि काम गर्ने लिन्डा नेपिनका अनुसार फुटबलसँग रक्सी, लागूऔषध, जुवा र सट्टेबाज जस्ता चीजसँग मिलेर महिलाविरुद्ध गम्भीर आक्रमण हुने गर्दछ । उनले भने, मसँग एक १७ वर्षीय युवती उदाहरण छिन् । उनी आफ्नो २१ वर्षीय पार्टनरसँग विदा मनाउने गएकी थिइन् । उनी पार्टनरसँगै फुटबल खेल पनि हेरिरहेकी थिइन् । इग्ल्यान्डको टोली पराजित भयो । खेल सकिएको साँझ उनी अस्पतालको बेडमा थिइन्, किनभने उनको केटा साथीले उनीमाथि कुटपिट गरेका थिए ।

लिन्डा भनिन्छन, फुटबल खेलमा धेरै किसिमको भावना संलग्न हुन्छ । विशेष गरी आफ्नो ठाउँ, उत्साह र हुल्लडबाज हुने गर्दछ । उनका अनुसार यस्ता घटनाले महिलामा गम्भीर असर पुग्न सक्छ ।

कुरा कुटपिटको मात्र होइन, धेरै महिलाले फुटबल खेलका बेला आफ्नो पार्टनरबाट मानसिक र भावनात्मक उत्पीडनको सामना गर्नुपर्छ । एउटा उदाहरण पेनी पनि हुन् । जब टेलिभिजनमा फुटबल खेल सुरु हुन्छ, त्यसपछि उनी आफ्नो केटासाथीभन्दा टाढा जान्छिन् । तर सधैं त्यसो गर्न सम्भव पनि हुँदैन । किनभने उनीहरुको बेडरुम एउटै फ्लाटमा हुन्छ ।
बीबीसीबाट