७ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकप फुटबल उपाधिको आज छिनोफानो हुँदै

नेपालब्रिटेन संवाददाता
३१ असार २०७५, आईतवार ०४:३७

मस्को । विश्वप फुटबलको उपाधिको छिनोफानो आज हुँदैछ । फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । नेपाली समय अनुसार आज राति पौने ९ बजे रुसको मस्कोस्थित लुज्नियाकी स्टेडियममा हुन लागेको फाइनलमा फ्रान्स विजयी भयो भने दोस्रो उपाधि उचाल्नेछ । क्रोएसिया विजयी भयो भने विश्वकपको नयाँ च्याम्पियन बन्नेछ । सन् १९९८ देखि विश्वकप खेल्न थालेको क्रोएसिया पहिलो पटक फाइनल खेल्न लागेका हो ।

क्रोएसियाले सेमिफाइनलमा इंगल्याण्डलाई हराएको थियो । बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । फ्रान्स सन् १९९८ को विजेता हो । उक्त फ्रान्समा भएको प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई सेमिफाइनलमा रोकेको थियो ।
फ्रान्सलाई फेरि हराउने अवसर छ भने क्रोएसियालाई बदला दिने अवसर छ । सही फर्ममा रहेको फ्रान्स ४–२–३–१ को फम्र्याटमा तथा क्रोएसिया ४–१–४–१ को फम्र्याटमा खेल्नेछ । एन्टोइने ग्रिजम्यान, काइलिन एम्बाप्पे र ओलिभर जिरुको लोभलाग्दो खेल हेर्न समर्थक लालायित छन् ।

इभाँ राकिटिक, मार्सेलो ब्रोजोभिक, लुका मोड्रिक र मारियो मान्जुकिकले क्रोएसियालाई नयाँ च्याम्पियन बनाउन सक्नेछन् ।
यता, इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । गए राति भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो । प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गर्नु भयो ।
विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलाई उपाधिको दाबेदारका रूपमा हेरिएको थियो ।

क्वार्टरफाइनलमा बलियो ब्राजिललाई हराएपछि टोलीको आत्मविश्वास बलियो भएको थियो । सेमिफाइनफलमा फ्रान्ससँग आफ्नो नियमित खेल देखाउन सकेन र फाइनलमा पुग्नबाट चुक्यो । इग्ल्याण्ड पनि लयमै देखिएको थियो । युवा खेलाडीहरूको बाहुल्यता रहेको उसले पनि फाइनलको सपना देखेको थियो । तर, सेमिफाइनलमा क्रोएसियासँग स्तब्ध भएर उसले तेस्रो स्थानका लागि भएको खेल पनि हारेको छ ।