१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यूरोप टुरपछि शक्तिले क्रिकेट खेलबाट सन्यास लिने

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०७५, बुधबार १०:४४

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एक दिवसीय खेल अगस्टमा नेदरल्याण्डसँग खेलेपछि सन्यास लिने घोषणा गरेका हुन् । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा गौचनले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । गौचनले नेपालको राष्ट्रिय टोलीबाट एक दिवसीय खेल्ने चाहना पुरा हुन लागेकोमा समेत खुसी व्यक्त गरे । उनले दुई हजार दुईमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।