७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानचेस्टर डर्बी भिडन्त

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७३, शनिबार ०५:३०

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत् शनिबार ८ खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने पहिलो खेलमा दाबेदार टोली म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्ने छन् ।
‘म्यानचेस्टर डर्बी’कारुपमा वर्ल्ड ट्राफोर्डमा हुने यी दुई दाबेदारबीचको खेल रोचक हुने अनुमान गरिएको छ । त्यसैगरी, शनिबारै राति पौने ८ बजे ६ ओटा खेल हुँदैछन् । बर्नमाउथले वेस्टब्रोमको सामना गर्दा आर्सनल र साउथ ह्याम्पटन भिड्नेछन् ।
त्यस्तै, अर्को खेलमा वर्नले र हलसिटी भिड्दा मिडल्सब्रोले क्रिस्टल प्यालेसको सामना गर्नेछ भने स्टोक सिटी र टोटनह्याम तथा वेस्ट ह्याम युनाइटेड र वार्टफोर्ड भिड्नेछन् । शनिबारै राति सवा १० बजे हुने अर्को खेलमा साविक विजेता लेस्टर सिटीले लिभरपुलको सामना गर्नेछ ।