७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालले आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०७५, बुधबार ०६:३२

काठमाडौं । नेपालले आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्न नेपाली टोली नेदरल्याण्डको एमस्टर्डम पुगिसकेको छ । एमस्टर्डममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाल २३ औँ राष्ट्र हो । अहिले एक दिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्रै छन् ।

नेपालले घरेलु टोलीविरुद्ध आज पहिलो र पर्सि र दोस्रो गरी दुई खेलको एकदिवसीय श्रृंखला खेल्नेछ । पहिलो खेल आज पौने ३ बजे भीआरए रंगशालामा हुनेछ । यो खेल नेपाली क्रिकेटले २२ बर्षअघि देखेको सपना हो । गएको फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । उक्त खेलको कान्तिपुर एचडीले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाली समयअनुसार साढे २ बजे खेल सुरु हुनेछ ।

छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपाल अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भयो । चार वर्षको लागि नेपालले पाएको मान्यता यही जुलाईबाट लागु भएको हो ।