१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ३-२ ले पराजित

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७५, सोमबार ०७:१२

लन्डन । इङलिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार क्लब म्यानचेस्टर युनाइटेड गएरातिको खेलमा पराजित भएको छ । युनाइटेड ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो । ब्राइटनलाई जित दिलाउन ग्लेन मुर्रे, शान डुफी र पास्कल ग्रोसले समान एक एक गोल गरे ।

युनाइटेडका रोमेलु लुकाकु र पाउल पोग्बाले एक एक गोल फर्काए । ब्राइटनको यो पहिलो जित हो । जितसंगै ब्राइटनले २ खेलबाट ३ अंक जोडेको छ । युनाइटेडको यो पहिलो हार हो । युनाइटेडको पनि २ खेलबाट ३ अंक छ । उता साविक बिजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ । सिटीले आइतबार हडर्सफिल्ड टाउनलाई छ–एक गोलको फराकिलो अन्तरले हराएको हो । सिटीको फराकिलो जितमा सर्जियो अग्युरोले ह्याट्रिक पुरा गरे ।

यस्तै ग्राबियल जिसस र डेभिड सिल्भाले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । हडर्सफिल्डका टेरेन्स कोन्गोलोले आत्मघाती गोल गर्दा जोन स्टानकोभिचले एक गोल फर्काए । जितसंगै सिटी २ खेलबाट ६ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत गएराति नै भएका अन्य खेलमा वाट्फोर्डले बर्नलीलाई ३-१ले हराएको छ ।