८ बैशाख २०८१, शनिबार
Follow Us

बेल्जियममा फुटबल र दौड प्रतियोगिता सम्पन्न

sarusaru
७ भाद्र २०७५, बिहीबार ०२:१९

बेल्जियम । युरो नेपाल खेलकुद सघ बेल्जियमले यही अगस्ट १९ का दिन तिस बर्ष भन्दा बढी उमेर समुहका खेलाडीहरु बीच तेश्रो रनिङशिल फुटबल प्रतियोगिताका साथै महिलाहरुको २०० मिटर दौड र बच्चाहरुका बीच १०० मिटरको दौड प्रतियोगिता सम्पन्न गरेको छ।

बेनेलक्सका महामहिम राजदुत लोक बहादुर थापाले पानसमा बत्ति बाली खेल प्रतियोगिताका संयोजक ज्ञानु थापालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए भने औपचारिक कार्यक्रमको सभापतित्व युरो नेपाल खेलकुद सघका अध्यक्ष किशन केशीले गरेका थिए।

फुटबल प्रतियागितामा हिमालयन सोसाइटी सेंत्रोदेन,नेपाली समाज ओस्टनडे,अन्नपुर्ण ब्रुसेल्स,तिन पत्ती लुभेन,किराँत समाज बेल्जियम र युरो नेपाल खेलकुद संघबीच प्रतिस्प्रधा भएकोमा किराँत समाज बेल्जियमले प्रथम पुरस्कार जितेको थियो भने दोश्रो पुरस्कार तिन पत्ती लुभेन टिमले जित्न सफल भएको थियो।

बेष्ट प्लेयर किराँत समाजका सबिन लिम्बु भए भने किपरमा तीन पत्तीका देबु श्रेष्ठ उत्कृष्ट भए। रोयल अन्त्वेर्पेन क्लब ‘आ’ समुहमा ११ बर्षे उमेर समूहबाट खेलीरहेका आशादित उज्याला बाल खेलाडी गोरख घलेलाई प्रमाण पत्र र ट्रफी दिएर सम्मान गरिएको थियो।

त्यस्तै १२ बर्षे उमेर समुहको १०० मिटरको दौड प्रतियोगितामा गोरख घले प्रथम भए भने कृष्टिना सिंखडाले दोश्रो पुरस्कार हात पारिन। राजदुत लोक बहादुर थापाले सिठ्ठी बजाएर उद्घाटन गरेको २०० मिटरको दौड प्रतियोगितामा जानुका सिंखडाले पहिलो बाजी मारिन भने सोफिया महर्जन कार्कीले दोश्रो जित हाँसिल गरिन्।

खेलाडीहरुलाई पाँच कन्याले फुलका गुच्छा दिएर स्वागत गरेको उद्घाटन सत्रमा राजदुत थापाले शुभकामना दिदै यो खेलले नेपालीहरुबीच एकता र सदभाबको संचार गराएको भन्दै आयोजक संघलाई धन्यबाद दिएका थिए।

पुरस्कार वितरण गर्दै बिसेष अतिथीहरु क्रमश एनआरएनए बेल्जियमका अध्यक्ष लोक दहाल, नेपालबाट पल्नु भएका पूर्व सभासद तथा आदिबासी जनजाती सघका पूर्व अध्यक्ष नरेन्द्र कुमार कुमाल, तथा कार्यक्रमका सन्योजक ज्ञानु थापा, खेलकुद संघका सल्लाहाकार बालेन्द्र गुरुङ, ब्यबशायी संघका अध्यक्ष सिपि भट्ट,प्रायोजक चिज कुमार श्रेष्ठ सिलु र कृष्ण केशी लगायतले जित्नेहरुलाई हौसला प्रदान गरेका थिए भने सहभागीहरुलाई सहानुभूति दिएका थिए।

आयोजकले पुरस्कारको प्रायोजक लगायत सबै प्रकारको सहयोग गर्ने गैह्र आबासिय नेपाली संघ ,झापाली समाज , क्षेत्री समाज लगायत संघसंस्थाहरुलाई धन्यबाद दिएका छन्।
डिसी नेपाल