१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्याराथुनका दुई नेपाली खेलाडी निर्धारित दुरी पार गर्न असफल

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७५, शनिबार ०९:४५

इन्डोनेसिया । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत म्याराथुनमा दुई नेपाली खेलाडी दौड पुरा गर्न असफल भएका छन् । आज भएको पुरुष म्याराथुनतर्फ गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले दौड पुरा गर्न नसकेका हुन् ।

जेरोला बुङकार्नो स्टेडियममा भएको ४२ दशमलव एक नौ किलोमिटरको म्याराथुनमा पार्कीले ३० र बस्नेतले ४० किलोमिटर दौडेपछि खेल त्यागेका थिए । गर्मीका कारण खेलाडीलाई दौड पुरा गर्न गाह्रो भएको बताइएको छ । म्याराथनमा २१ खेलाडी सहभागी भएकोमा १५ खेलाडीले मात्रै दौड पुरा गरे ।

म्याराथनमा जापानका इनोई हिराटोले स्वर्ण, बहराइनका इल्साहन एलाबस्सीले रजत र चीनका डुओ बुझीले कास्य जितेका छन । एसियाली खेलकुदको एथलेटिक्सतर्फ नेपालबाट चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

अब पुरुषतर्फ याम साजन सुनारले एक सय मिटर दौड, सोम बहादुर कुमालले चार सय र आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सरस्वती भट्टराईले आठ सय र १५ सय मिटर तथा विश्वरुपा बुढाले ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।