६ बैशाख २०८१, बिहीबार
Follow Us

म्यानचेस्टर युनाइटेडको पोस्टमा टोटेनह्मको ३ गोल

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७५, मंगलवार ०६:१६

लन्डन । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । टोटनह्यामले घरेलु मैदानमै म्यानचेष्टर युनाइटेडलाई तीन शुन्य गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले एक तथा लुकास मोउराले दुई गोल गरे । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडब्राइटनसँग पनि पराजित भएको थियो ।

लगातार तेस्रो जित निकालेको टोटनह्याम ९ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष ४ स्थानमा रहेका लिभरपुल, टोटेनहम, चेल्सी र वाटफर्ड सबैले लगातार तीन जित दर्ता गरेका छन् । युनाइटेड भने लगातार दोस्रो हारसँगै अंक तालिकामा माथि उक्लन सकेन ।