१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल र चेल्सी विजयी

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार ०५:३०

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लिभरपुल र चेल्सीले लगातार विजयी यात्रा कायम राखेका छन् । गए राति भएका खेलमा लिभरपुल र चेल्सी दुवै जित निकालेका हुन् ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हरायो । लिभरपुलका लागि सादिओ माने र राबर्टो फिरमिनोले गोल गर्नु भयो । लेस्टर सिटीका लागि राकिड गेजलले गोल गर्नु भयो ।

चेल्सीले बोर्नमाउथलाई २–० ले हरायो । चेल्सीलाई लिगमा लगातार चौथो जित दिलाउने क्रममा पेड्रो र ईडेन हाजार्डले गोल गर्नु भयो ।