१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालसँग सिंगापुर ४ विकेटले पराजित

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७५, आईतवार ०८:३४

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै आफ्नो दोस्रो जित दर्ता गराएको छ । यो जितसँगै नेपालको फाइनल पुग्ने आशा जिवितै रहेको छ ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३-३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेकेा र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।