१२ बैशाख २०८१, बुधबार
Follow Us

आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सरकार सहमत

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार १४:१४

काठमाडौं । आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सरकार सहमत भएको छ । मुलुकी अपराधसंहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न सरकार तयार रहेका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा कानूनका विवादास्पद विषयमा चिकित्सकका असन्तुष्टिबारे सहमतिको प्रयास भएको थियो ।वार्तामा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव, चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ लगायत सहभागी भएका थिए ।

गत भदौ एक गतेदेखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐनमा कडा सजायको प्रावधान राखिएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । आइतबार चिकित्सकले आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारी आन्दोलन गरेपछि सरकारले नेपाल चिकित्सक संघलाई वार्तामा बोलाएको हो ।

नयाँ अपराध संहिताको दफा २ सय ३० देखि २ सय ३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग चिकित्सकहरुको छ । चिकित्सक संघले आन्दोलनका कार्यक्रम अन्र्तगत आज पनि देशैभरका अस्पतालमा प्रशासनिक काम बन्द गरेका थिए ।