१३ बैशाख २०८१, बिहीबार
Follow Us

सेतो दरबार ; छोटो कथा

sarusaru
१९ भाद्र २०७५, मंगलवार ०६:२६

वि.सं. १९४२ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेरले प्रति रोपनी रु. ६० को दरले ३७५ रोपनी जग्गा खरदि गरी निर्माण गराएको यस दरबारमा ठूला ठूला क्रिस्टलका झार र बार्दली बार ,इटालीयन मार्बलका टेबल , बेल्जियमका ऐनाहरु ,बैठकमा २२ फिट अग्ला र १२ फिट गोलाकारका आठ ओटा स्फटिक खम्बा जडान गरिएका थिए । यूरोपबाट मगाइएका यी सामानहरु भारतको सोनापुरसम्म रेलद्वारा र सोनापुरबाट भीमफेदीसम्म गाडा ,बग्गी र हात्ती र त्यहाँबाट मानिसद्वारा नै बोकाएर काठमाण्डौ ल्याइएका थिए । वि.सं. १९९० मा आगलागी भएर ध्वस्त भएको यस दरबारको अवलोकन गर्न विदेशी पाहुनाहरु पनि लालयित हुने गर्दथे र अवलोकनपछि यसको सजावट देखेर आश्चर्यचकित हुन्थे । आगलागी पछि ध्वस्त भएको यो दरबारको केही भागमा हाल एन.आइ.डि.सी.विकास बैंकको कार्यालय रहेको छ ।