८ बैशाख २०८१, शनिबार
Follow Us

एसिया कप छनोट : नेपालको खराब प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार ०७:१८

काठमाडौं । मलेसियामा जारि एसिया कप छनोट क्रिकेटमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङमा उत्रेको नेपालले निकै खराब सुरुवात गर्दै ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्र बनाउन सफल भयो ।

पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा कप्तान पारस खड्का आफैं आएका थिए तर, उनी पनि अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भएका छन् । आठौं ओभरको अन्तिम बलमा आउट भएका उनले मात्र १४ रन बनाए ।

ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५ र ज्ञानेन्द्र १२ रनमा आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो ।

आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो ।