७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल हङकङसँग ३ विकेटले पराजित, सन्दिपको ५ विकेट

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार ०९:४१

काठमाडौं । मलेसियामा जारि एसिया कप छनोट क्रिकेटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै रहृयो । क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निके खराब ब्याटिङ गर्‍यो र ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

९६ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालका लागि सन्दीप लामिछानेले एक्लैले ५ विकेट लिन सफल भए भने बसन्त रेग्मी र सागर पुनले समान १/१ विकेट लिए । उत्कृष्ट बलिङ गरेको नेपालले सुरुवातमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोर्नु पर्‍यो ।