१२ बैशाख २०८१, बुधबार
Follow Us

साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार १४:०१

काठमाडौ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करणमा नेपाल पहिलो खेलमा पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा पाकिस्तानसँग भएको खेलमा नेपाल २-१ ले पराजित भएको हो ।

साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २९ खेलमध्ये आठमा जित, १७ मा हार, चारमा बराबरीको नजिता निकालेको छ । साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज पनि पराजित भएको छ । यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

आज शुरु भएको प्रतियोगिता भदौ ३० गतेसम्म हुनेछ । प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बंगलादेशसँग २३ भदौमा खेल्नेछ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् । च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनेछन् ।