June 28, 2022
4:40 AM | 9:25 AM
ताजा खबर

नक्कली एटीएम कार्ड बनाएर पैसा चोर्ने गिरोहका ५ जना समातिए

  10/09/2018 मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली एटीएम कार्ड बनाउने गिरोहका ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३ जना भारतीय र दुई जना नेपाली नागरिक छन् । पक्राउ पर्नेहरूमा जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम लगायत छन् ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जनाइएको छ ।

पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन खबर

प्रतिक्रिया