काठमाडौं । आज सोमबार काठमाडौं डिल्लीबजारस्थित कारागार बाहिर अनौठो दृश्य देखियो । बजागाजा र अबिरजात्रासहित नेकपा कार्यकर्ता त्यहाँ खुसी मानाउँदै थिए ।
गोरखा फुजेल गाउँका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेर मुद्दा खेप्दै आएका छविलाल पौडेलले अदालतबाट सफाइ पाएपछि उनी सोमबार यहाँको कारागारबाट रिहा भएका हुन् । उनको स्वागतमा कारागार बाहिर नेकपा कार्यकर्ता र परिवारजनले बाजागाजा गरेका हुन् ।
जिल्ला अदालत चितवनले हिजो आइतबार फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको थियो । एकजना फरार छन् । अभियोग लागेका पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । उनी आज रिहा हुँदा कारागार बाहिर उत्सवको माहोल बन्यो ।
पौडेलले ढिलै भएपनि न्याय पाएको भन्दै अरूले पनि न्याय पाउने विश्वास व्यक्त गरे ।
डिसी नेपाल