१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मला पन्तको घटना छानविन गर्न बनेको समितिका सदस्यद्वारा राजिनामा

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार १५:०९

काठमाडौं । कञ्चनपुर किशोरी निर्मला पन्त बलात्कार पछिको हत्या विषयमा छानविन गर्न सरकारबाट गठित छानविन समितिका एक सदस्यले राजिनामा दिएका छन् । समितिमा रहेर पन्तलाई न्यायदिन सक्ने अवस्था नरहेको भन्दै सदस्य वीरेन्द्र केसीले समितिबाट बाहिरिएको बताएका छन । उनले समितिको म्याद थप गरिएकोमा पनि असन्तुष्टि ब्यक्त गरे ।

केसी सात नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हुन । सरकारले भदौ ८ गते कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्याभएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा केसी सहित नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक वसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ सदस्य थिए । केही दिन अघि पत्रकार सम्मेलन गरेर अनुसन्धानमा प्रहरीको गम्भिर कमजोरी देखिएको आयोगले सार्वजनिक गरेको थियो । प्रतिवेदन पेश गर्ने १५ दिने समय सिमामा अध्ययन नसकिएको भन्दै समितिको म्यादथप भैसकेको छ ।