१५ चैत्र २०८०, बिहीबार
Follow Us

निलम्बित एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गरिँदै

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार १५:५६

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानकाक्रममा कन्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण थालिएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण विष्ट र कन्चनपुरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण अघि बढाइएको जनाइएको छ ।

अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले उनीहरु तीनैजनाको रगतको नमुना लिएको हो । यसअघि, प्रहरीले अभियुक्त भन्दै थुनामा राखिएका कन्चनपुरका दिलीपसिंह विष्टको पनि डीएनए परीक्षण गरिएको थियो । डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई रिहा गरिएको छ ।